विराटनगर : नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा हरी थलङ (लिम्बू) चयन भएका छन् ।
शनिबार मोरङको सुन्दरहरैँचामा सम्पन्न प्रथम अधिवेशनले थलङको नेतृत्वमा प्रदेश कमिटी चयन गरेको हो ।
अधिवेशनबाट कमिटीको उपाध्यक्षमा मणिराज राई, सचिवमा नुलम राई, उपसचिवमा धिरेन्द्र गुरुङ र हिमबहादुर मगर चयन भएका छन् । यस्तै कोषाध्यक्षमा लक्ष्मी मेचे चयन भएकी छन् ।