Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गोविन्द केसीसहित ७ जना पक्राउ



काठमाडौँ : माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका डा. गोविन्द केसीसहित ७ जना पक्राउ परेका छन्।

विभिन्न माग राख्दै शनिबार १२ बजे निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्न गएकाे डा. केसी, शशी विक्रम कार्कीलगायत ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

द्वन्द्वपीडितलाई न्याय दिन, माइतीघरको निषेधाज्ञा हटाउन,  शिक्षामा समान पहुँच हुनुपर्नेलगायतकाे माग गर्दै प्रदर्शन गरेका उनीहरूलाई निषेधित क्षेत्र तोडेकाे भन्दै पक्राउ गरिएकाे हाे।

उनीहरूले ‘सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय देउ, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर, निशुल्क औषधि उपचार सेवाको व्यवस्था गर, अपराधी मेडिकल माफियालाई कारबाही गर, संक्रमणकालीन न्याय निष्पक्ष ढंगले शिघ्र टुंगो लगाई विधिलाई न्याय दे’ लगायतका नारा लेखिएकाे प्लेकार्ड बाेकेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार