विराटनगर : ताप्लेजुङको फुङलिङ नगरपालिका २ हान्द्रुङ स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो भारत घर भई सानीमा हाइड्रो पावरमा काम गर्दै आएका २२ वर्षीय मुकेश साहीको डुबेर मृत्यु भएको हो ।
नदीमा डुबेपछि अचेत अवस्थामा फेला परेका साहीलाई प्रहरी र स्थानियबासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।