विराटनगर : मोरङको सुन्दरहरैचामा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । सुन्दरहरैचा वडा नम्बर १० मुनाल मार्गमा सोमबार बिहान जंगली हात्ती मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता रञ्जन दाहालले हात्ती मृत फेला परेको बताए । उनले हात्ती के भएर मरेको भनेर स्पष्ट नभएको बताए ।
सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयको दाबी छ । मृत हात्तीको पुच्छर काटिएको र दाह्रा निकाल्न खोजिएको जस्तो देखिएको बताए स्थानीयले बताएका छन् ।
मोरङका जिल्ला वन अधिकृत विष्णु घिमिरेदे हात्तीको देब्रे कन्चटमा चोट लागेको देखिएको बताए । उनका अनसार हात्ती १० देखि १२ वर्षको हो ।
कोशी प्रदेश वन वाताबरण तथा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेले जंगली हात्ती मृत अवस्थामा फेला परेको जानकारी पाएपछि घटना स्थलमा बनका कर्मचारीहरु पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको घिमिरेले बताए ।
उनका अनुसार हात्तीका मृत्यु भएपछि पोष्ट मार्टम गर्नु पर्ने व्यबस्था रहेको छ । पोष्ट मार्टमका लागि कोशी टप्पु बन्य जन्तु आरक्षबाट बिशेषज्ञ सहितको टोली बोलाउने तयारी भएपनि त्यहाँ तत्काल बिशेषज्ञ नभएकाले चितवनसँग परामर्श भएरहेको छ । उनले चितवनबाट पोष्टमार्टमाका लागि टोली बोलाइने बताए ।