Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय टिमबाट स्वतः अलग भए सन्दीप लामिछाने



विराटनगर : बलात्कारको आरोपमा दोषी ठहर भएका पूर्व कप्तानसमेत रहेका चर्चित लेग स्पीनर सन्दीप लामिछाने नेपाली राष्ट्रिय टिमबाट स्वतः अलग भएका छन् ।

जिल्ला अदालत काठमाडौँले लामिछानेलाई दोषी ठहर गरेपछि उनी राष्ट्रिय टिमबाट बाहिरिएका हुन् ।

शुक्रबार अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो ।

सन्दीप दोषी ठहर भएपनि उनको सजाय निर्धारण भने भइसकेको छैन् । उनलाई पुस २५ गते अदालतले सजाय तोक्ने छ ।

लामो समयदेखि बलात्कारको आरोप झेल्दै आएका सन्दीप यसअघि पनि केही समय राष्ट्रिय टिमबाट बाहिर थिए ।

यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले भने आधिकारिक निर्णय गरिसकेको छैन् । तर, क्यान स्रोतले भने उनले सफाइ नपाएसम्म टिम बाहिर राख्ने मनस्थितिमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार