Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भरुवा बन्दुकसहित ताप्लेजुङबाट दुई जना पक्राउ



 

विराटनगर : ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका-१ त्रिवेणी वनबाट भरुवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेहरुमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।

विशेष सूचनाका आधारमा मंगलबार साँझ प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट दुई नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी एक थान, गेटिस थान, एउटा मारेको कालिज र एक थान मोवाइल बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार