विराटनगर : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल काण्डमा सरकार नै भ्रष्टाचारको ढाकछोप गर्न लागि परेको आरोप लगाएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन्।
लेखा समितिले एनसेल भ्रष्टाचार सम्बन्धि गरेको निर्णयलाई कमजोर बनाउन सरकारी सन्ड मुसन्डहरुले आफ्नो कार्यक्षेत्र बाहिर गएर विषय बङ्ग्याउन खोजेको उनलेे आरोप लगाए ।
सरकारले नै संसदीय समितिहरुमार्फत जनतामा भ्रम छर्ने काम गरेको पोखरेलले बताए ।
पोखरेलले भनेका छन्, ‘सरकारी सन्ड मसन्डहरु सार्वजिक लेखा समिले गरेको एन्सेल(NCELL)भष्ट्राचार काण्ड सम्बन्धि निर्णयलाई र सरकारलाई दिएको दवावलाई कमजोर बनाउन र भष्ट्राचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा वाहिर विभिन्न संसदिय समितीहरु मार्फत विषय वङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यत्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु!’