Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फिदिम पुगेर ओलीले सम्झिए सुवासचन्द्र नेम्वाङ



फिदिम : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फिदिम पुगेर स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङलाई सम्झिएका छन् ।

एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिममा आयोजित बृहत् आमसभामा सम्बोधन गर्ने क्रममा ओलीले नेम्वाङलाई सम्झिएका हुन् ।

नेम्वाङको अभाव पार्टीमा सधैं रहिरहने ओलीको भनाइ थियो । उनको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको उनलेे बताए ।

नेम्वाङको प्रभावशाली शालीन शैली सबैका लागि अनुकरणीय रहेको उनको भनाइ थियो ।

एमालेको उपाध्यक्षसमेत रहेका नेम्वाङको गत भदौमा हृदयाघातका कारण निधन भएको थियो । उनी इलाम २ बाट निर्वाचित सांसद थिए ।

अभियानका क्रममा ओलीले नेम्वाङको अभाव भएको महसुस गरे । उनले पूर्वमा एमालेलाई बलियो बनाउन नेम्वाङको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

फिदिममा सम्पन्न आमसभामा नेम्वाङका कान्छो छोरा सुहाङ नेम्वाङको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार