Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको अभियान अवरोध गर्न खोज्ने किरातीसहितका पहिचानवादी केही दिन नछुट्ने



दिक्तेल : नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्न खोज्दा पक्राउ परेका पहिचानवादीहरुलाई प्रहरीले अझै केही दिन नछाड्ने भएको छ ।

मंगलबार उदयपुर भोजपुर र ओखलढुङ्गाबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको थियो । तीमध्ये दुईजना आन्दोलनकारी नभएको पुष्टि भएकाले छोडिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बाँस्तोलाले जानकारी दिए ।

‘हामीले १२ जनालाई नियन्त्रणमा लिएका छौ’, बाँस्तोलाले भने, ‘शान्तिपूर्ण कार्यक्रम गर्दा अवरोध गर्नेलाई आजै छाड्न सकिदैन ।’ उनीहरूले बुधवारदेखि गर्ने आन्दोलनका थप कार्यक्रमलाई हेरेर मात्रै कहिले छाड्ने भन्ने भन्न सकिने उनले बताए ।

प्रहरीले पूर्वमन्त्री गोपाल किरातीसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । किरातीले पछिल्ले समय एमालेको मध्यपहाडी संकल्प यात्रालाई अबरोध गर्ने चेतावनी दिँदै आएका थिए । उनीसँगै राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेका छन् । उनीहरु अझै केही नछुट्ने बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार