Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिजुवाबाट तस्करीको सय बोरा चामल बरामद



विराटनगर : मोरङको रतुवामाईबाट तस्करीको सय बोरा चामलसहित प्रहरीले पिकअप भेन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ७ को भित्री सडकबाट चालम बरामद गरेको हो ।

प्र १– ४– ००१ च १०८३ नम्बरको पिक अप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको सोना मंसुली चामल १०० बोरा चामल बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनका अनुसार उक्त चामलको मुल्य १ लाख १७ हजार ५ सय रहेको छ ।

प्रहरीले रंगेली नगरपालिका २ का बर्ष २८ का दिनेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार