Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईबाट भन्सार छली गरेर ल्याएको ५ लाखको अवैध सामान बरामद



विराटनगर : मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।

शनिबार साँझ रतुवामाई-४ झुर्कियामा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको प्र १-०१-००१ च८६८७ नं को मारुती कारलाई चेकजाँच गर्ने क्रममा भन्सार छलीको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए ।

प्रहरी चौकी झुर्कियाबाट खटिएको गस्ति टोलीले शंका लागेपछि चेकजाँचगर्ने क्रममा भारतबाट नेपालतर्फ ल्याउदै गरेको खाद्यान्न तथा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

दाहालका अनुसार बरामद गरिएको उक्त सामानको मुल्य करिब ५ लाख २६ हजार ३८० रहेको छ ।

प्रहरीले कार र चालक झापाको दमक नगरपालिका वडा नं. ९ बस्ने ३८ वर्षीय सुरज थापा र सोही स्थानका ५० वर्षीय कुमार राईलाई पक्राउ गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाएको दाहालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार