Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु



विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका वडम नम्बर ४ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

शुक्रबार राति पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुन्दरहरैचा ७ का २८ वर्षीय बिक्रम माझीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि घोपा धरान लगिएको थियो । माझीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोटरसाइकल चालक सुन्दरहरैँचा ७ का २५ वर्षीय भुपाल मगर र सोही मोटरसाईकलमा पछाडी सवार ३२ वर्षीय भिम बहादुर मगर घाइते भएका छन् ।

घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार