Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरबाट गाँजासहित ३ जना पक्राउ



विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेहरुमा लिम्चुङबुङ गाउँपालिका-५ का १९ वर्षीय रुपेश कार्की, १९ वर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरे रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ सय ग्राम गाँजा बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार