Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर आगलागी घटनाः थप एकको मृत्यु



विराटनगर : विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर-७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाकाे उपचारका क्रममा र एककाे घटनास्थलमै मृत्यु भएको हाे।

आगलागीमा घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो। अर्का एक जनाकाे शव नचिनिने अवस्थामा रहेकाेले पहिचान खुल्न नसकेको मोरङ प्रहरीले जनाएको छ।

आगलागीमा परेर अन्य तीन जना घाइते भएका छन्। उनीहरूकाे अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार तीन जनाको ८० प्रतिशतभन्दा धेरै जलन भएको छ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार