Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एकको मृत्यु, ४ जना घाइते



विराटनगर : विराटनगरमा रहेको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो महानगरपालिका वडा नम्बर ७ सातघुम्तीस्थित एक कवाडी पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार आगलागीमा परी अन्य ४ जना घाइते भएका छन् ।

आगलागीमा परी घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पलात लगिएको थियो । उपचारकै क्रममा विराटनगर-७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये ३ जना अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्युरोमा र १ जना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पु¥याएको थियो ।

आगलागी विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैचना नगरपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार