Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका सडकमा नालाको लेदो, हप्तादिनमा पनि उठाएन महानगरले



विराटनगर : विराटनगर महानगरपालिकाले नालाबाट लेदो निकालेर सडकमा राखेको एक हप्ता हुँदा पनि अझै त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन् ।

महानगरको वडा नम्बर – ९ स्थित भानुटोलको भित्री सडकको नालाबाट निकालिएको लेदोसहितको फोहोर व्यवस्थापनमा महानगरले ध्यान नदिँदा सडक दुर्गन्धित बनेको छ ।

नालाबाट झिकेको फोहोर एक हप्ता बितिसक्दा पनि अहिलेसम्म उठाएर नलादा सवारी दुर्घटना हुनुका साथै वरपर बस्नसमेत कठिन हुने गरेको स्थानीय पुष्पराज थपलियाले बताए ।

उनले भने, ‘नालाबाट झिकेको लेदोसहितको फोहर सडक किनारमा छरपस्ट तरिकाले राखेको छ । दुर्गन्ध पनि उत्तिकै छ । सडक किनारमा हिड्ने मान्छेहरु नाक थुनेर हिड्ने गरेका छन् ।

यता विराटनगर महानगरपालिकाको अनुगमन कर्ता किरण न्यौपानेले ठेकेदारलाई भनेर तत्काल उठाउन लगाउने बताए । ‘मलाई पनि जानकारी आएको थिएन । कुन ठेकेदारको पर्ने रहेछ । हेरेर तत्काल उठाउन लगाउँद्धछौँ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार