Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीमा खुकुरी प्रहार गरी छिमेकीले गरे महिलाको हत्या



विराटनगर : सुनसरीको इटहरीमा छिमेकीले धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेका छन् ।

इटहरी उपमहानगरपालिका- २ शान्तिनगर राई टोलकी मधुमाया पुरीको छिमेकी सन्तोष राईले हत्या गरेका हुन् ।

घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार