विराटनगर : ताप्लेजुङको सिरिजङ्गामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति सिरिजङ्गा गाउँपालिका वडा नं. ८ याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा फुङलिङ ५ बस्ने ३० वर्षीय निशान लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी राजन लिम्बूका अनुसार प्र १–०१–००१ ज. ३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।
छेबुक जाँदै गर्दा गाडी बन्द भएपछि चालक निशासले गाडी धकेलिदिनका लागि सहयोग गर्न स्थानीयलाई फोन गरी बोलाएका थिए । गाडस् धकेल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालकलाई सोहि सवारीले किचेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको स्थलगत अनुसन्धान तथा उक्त घटनास्थललाई सुरक्षित गर्न याम्फुदिन प्रहरी चौकीका प्रहरी हवल्दार बिनोद उरावको टोली खटिई गएको समेत प्रहरीले जनाएको छ ।