विराटनगर : उदयपुरको त्रियुगा नगरपालिकाले वडा नम्बर-६ मा आज शोक विदा दिएको छ ।
शनिबार दिउँसो बस दुर्घटनामा परी वडाका दुई बालबालिकाको निधन भएपछि वडामा एक दिन शोक विदा दिइएको वडा सदस्य प्रवेश खड्काले जानकारी दिए ।
उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै पिकनिक खाएर फर्किदै गरेको स्कुल बस दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका-५ का चालक ४० वर्षीय भिखन चौधरीसहित त्रियुगा-६ की ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको निधन भएको थियो ।
सोमबार वडा नम्बर(६ को वडा कार्यालय, वडा अन्तर्गतका शैक्षिक संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेक सबै बन्द रहेने खड्काले बताए ।