Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारी आगलागी घटनाः थप दुई जनाको मृत्यु



विराटनगर : मोरङको उलाबारी आगलागी घटनाका थप दुई घाइतेको मृत्यु भएको छ ।

लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहाल र सोही स्थानका ४२ वर्षीय कुमार तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो ।

यसअघि आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो ।

स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए।

सो आगलागी घटनाका ६ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार