Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पथरी ३ का वडा अध्यक्ष लिम्बूको रजाइँ: सरकारी मोटरसाइकल डिजेल बोक्न प्रयोग!



विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका वढा नम्बर ३ का वडा अध्यक्ष बिजय लिम्बुले कार्यलय प्रयोजनको सरकारी मोटरसाइकल दुरुपयोग गरेको पाइएको छ ।

उनले नगरपालिकाबाट लिएको मोटरसाइकल निजी काममा प्रयोग गर्ने गरेका छ्न् ।

उनलाई नगरले दिएको को १ ब १६५४ नम्बरको मोटरसाइकलमा उनलेे दैनिक निजी व्यवसायका लागि डिजेल बोक्ने गरेका छन् ।

`वडा अध्यक्ष निर्वाचित भएको केहि समय देखि नै वडा अध्यक्षले उर्लाबारीबाट डिजेल त्यहि मोटरसाइकलमा ल्याउनु हुन्थ्यो, अहिले पनि सो कार्यलाई  निरन्तरता दिनु भएको छ` वडा अध्यक्ष लिम्बूको गतिविधि नजिकबाट नियालिरहेका एक स्थानीयले भने ।

उनका अनुसार वडा अध्यक्ष ट्याक्टर ब्याबसायी हुन् । उनले आफ्नो ट्याक्टरमा प्रयोग हुने डिजेल बोक्न त्यही मोटरसाइकल प्रयोग गर्छन् ।

वडा बासीको कार्य सम्पादनका लागि नगरपालिकाले वडा अध्यक्षहरुलाई सबारी साधनको सुबिधाका साथै मासिक इन्धन खर्च र मर्मत खर्च समेत उपलब्ध गराउदै आएको छ ।

आफ्नो ब्यापारिक प्रयोजनका लागि सरकारी श्रोतको दुरुपयोग गरिरहेका जनप्रतिनिधीको अनुगमन गर्न  नियमक निकाय भने मौन रहेको छ । केहि दिन अघि वडा बाटै बजेट नै छुट्याएर वडा अध्यक्ष सहितको जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली नेपालको इलाम र भारतको दार्जिलिङको भ्रमणमा गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार