Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओलीले बुबाको ९५ औं जन्मदिनमा काटे केक



तस्विरः केपी ओलीकाे फेसबुक पेजबाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुबाको ९५ औं जन्मदिन केक काटेर मनाएका छन् ।
ओलीले बालकोट स्थित घरमा बुबा मोहनप्रसाद ओलीको ९५ औं जन्मदिन केक काटेर मनाएका हुन् । बुबाको जन्मदिन मनाएका तस्विरहरु सामाजिक सञ्जालमा राख्दै अध्यक्ष ओलीले बुबा मोहनप्रसाद ओली ९५ वर्ष पुगे पनि स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘ ९५ वर्षीय मोहन प्रसाद ओली आँखा राम्रोसँग देख्नुहुन्छ, कान अलि कम सुन्नुहुन्छ । राम्रोसँग हिडँडुल गर्न सक्नुहुन्छ । स्मरण शक्ति धेरै राम्रो छ ।’
अध्यक्ष ओली राधिका शाक्यले ससुराको जन्मदिन मनाउने तारतम्य मिलाएको पनि जनाएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार