Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



विराटनगर : मोरङको उर्लाबारीमा शुक्रबार साँझ सिटी सफारी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका ५ तरूण चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी ५ का ३० वर्षीय मौसम भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले पुष्टि गरेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो ।

तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले मोटरसाइकल, सिटी सफारी र सफारी चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार