Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा



काठमाडौं : अष्ट्रेलिया आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकपकाे फाइनलमा पुगेकाे छ। अष्ट्रेलिया बिहीबार राति साउथ अफ्रिकालाई ३ विकेटले पराजित गर्दै विश्वकपकाे फाइनलमा पुगेकाे हाे।

जितकाे लागि साउथ अफ्रिकाले लिएकाे २ सय १३ रनकाे लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्याे।

अब अस्ट्रेलियाले उपाधिकाे लागि आइतबार आयाेजक भारतसँग प्रतिस्पर्धा गर्ने छ।

भारत सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार