विराटनगर : नेकपा एमाले कोशी प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि पाँच लाख सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।
गत शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकका परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।
संसदीय दलको बैठकले सांसदको पारिश्रमिकबाट कट्टा हुनेगरी उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय गरेको हो ।
कोशीमा एमाले सबैभन्दा ठूलो दल हो । यहाँ एमालेका उपसभामुखसहित ४० जना सांसद छन् ।