Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गाँजालाई बैधानिकता दिन सरकारसँग सांसद राईको माग



विराटनगर : नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले गाँजा खेतीलाई बैधानिकता दिन सरकारसँग माग गरेकी छन् । सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

पूर्वी पहाडी जिल्लाहरुमा किसानहरूको उत्पादनले बजार नपाइरहेको अवस्था र जंगली जनावर बाँदरले दुःख दिएका कारण त्यसको विकल्पमा गाँजा खेती गर्ने गरेको राईको भनाइ छ ।

यस्तै उनले बाँदर आतंक नियन्त्रणका लागि पनि सरकारसँग आग्रह गरेकी छन् । बाँदरका कारण खाद्यबालीको राम्रो संरक्षण गर्न नसकेको भन्दै त्यसको विकल्पमा किसानहरुले गाँजा खेती गरेपनि सरकारले त्यसलाई नष्ट गर्न प्रहरी पठाउने गरेको उनको भनाइ छ ।

सरकारले यो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपनि त्यसको ऐन कानुन बन्न ढिलाइ हुँदा किसानमा समस्या आएको उनले बताइन् ।

सरकारले गाँजा खेतीलाई बैधानिकता दिन ढिलाइ गरेको उनले बताइन् । उनले भनिन्, ‘गाँजा खेतीलाई वैधानिकता दिँदा नेपाललाई आर्थिक रुपमा सक्षम बनाउन, प्राकृतिक उपचारको लागि औषधी उत्पादन गर्न, किसानहरुको जीवनस्तर उठाउन, विदेशी मुद्रा आर्जन गर्न, किसानको आम्दानी बृद्धि गर्न सकिन्छ, सरकारले यसतर्फ सोच्न जरुरी छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार