Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालले ओमानलाई दियो १८५ रनको विशाल लक्ष्य



विराटनगर : आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो ।
नेपालका लागि गुलशन झाले ५४ रनको अर्धशतकीय पारी खेले । २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
नेपालका रोहित पौड्यलले ५२ रनको अर्धशतकीय पारी खेले । ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै कुशल भुर्तेल ३१ रन बनाउँदा करण केसीले मात्र ६ बलमा २० रनको योगदान गरे ।

बलिङतर्फ ओमानका लागि बिलाल खानले तीन विकेट लिए । त्यस्तै काकिव लियस दुई विकेट लिँदा जेसन मक्सोदले एक विकेट लिए ।

टी–ट्वान्दी विश्वकपमा छनोट भइसकेका दुई टोली आज एसियाकप फाइनल छनोटको उपाधि जित्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार