Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनवर्षीमा सीटी सफारीबाट खसेर एक महिलाको मृत्यु



रतुवामाई : मोरङको सुनवर्षीमा गुडिरहेको सीटी सफारीबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका८ स्थित सिक्टी-डाइनिया भित्री सडकखण्डमा सीटी सफारीबाट खसेर घाइते भएकी सुनवर्षी ६ की ४० वर्षीय सुनीता श्रेष्ठको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ८४४४ नम्बरको सफारीबाट खसेर श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि रंगेली अस्पताल लगेपनि त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटैमा श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

उनका अनुसार श्रेष्ठलाई साँझ ६ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्। दुर्घटनालगत्तै प्रहरीले सफारी चालक सुनवर्षी ८ का ४० वर्षीय मुजमिल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार