विराटनगर : गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तिमा १४४ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ५२ जनाको मृत्यु भएको हो।
भूकम्पमा परी सयौँ घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका केहीलाई हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत ल्याएइको छ ।
रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।
यस्तै, आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ।
यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो।