Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भूकम्प प्रभावित क्षेत्रको उद्धारमा खट्न एमाले अध्यक्ष ओलीको आग्रह



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको भन्द्र उद्धार कार्यमा खट्न आग्रह गरेका छन् ।

शुक्रबार राति ६.४ म्याग्निच्युटको भूकम्पका कारण यी दुई जिल्लामा यो समाचार तयार पार्दासम्म एक सयभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भइसकेको छ । कयौं घाइते छन् ।

ओलीले राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन नसकेकाले तत्काल उद्धार कार्यमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरें । यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’

प्रतिक्रिया
सम्बन्धित समाचार