Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो



जाजरकोट : भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटकाअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको हो ।

गएराति ११ बजेर ४७ मिनेट गएको बखत जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अरु सयौं घाइते भएका छन् ।

उनीहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुपष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जना मेडिकल टिमसहित त्यसतर्फ प्रस्थान गरेका छन् ।

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीकाअनुसार अहिले त्यहाँ सग्लो घर देख्न मुस्किल छ । सबै घर भत्किएको र यकिन मानवीय क्षति थाहा नभएको बताएका छन् ।

उद्धारको कार्य जारी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार