Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालले आज युएईको सामना गर्दै, खेल जित्नै पर्ने दबाब



काठमाडौं : आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले भोलि शुक्रबार यूएईसँग खेल्दैछ ।

समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

फाइनल प्रवेशका लागि नेपालले मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे यूएईसँग भिड्दैछ ।

नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत शुक्रबारको खेल महत्वपुर्ण छ ।

सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।

छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।

नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो ।

नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो ।

ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । शुक्रबारको खेलले नतिजाले नेपालको टी ट्वान्टी विश्वकपको आगामी यात्राबाट टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार