काठमाडौं : सर्वोच्च अदालतको आदेशपछि रिगल भनिने योगराज ढकाल पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरेको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय बदर गरेसँगै रिगल पक्राउ परेका हुन् । अदालतले रिगललाई तत्काल पक्राउ गर्नसमेत आदेश दिएको थियो ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।