काठमाडौं : सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको हो।
उनलाई तत्काल पक्राउ गर्न सर्वाेच्चले परमादेश दिएकाे छ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसकाे अवसरमा सरकारबाट बाँकी कैद माफी पाएका थिए।
उनकाे आममाफीविरुद्ध मानन्धरकी पूर्वपत्नी भारती शेर्पाले सर्वाेच्चमा रिट हालेकी थिइन्।