Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकप छनोट : मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा



काठमाडौं : नेपाल टी–२० विश्वकप एसियाली छनोट क्रिकेटको सेमिफाइनलमा पुगेको छ। विश्वकपमा छनोट हुन अब नेपाल एक स्टेप मात्रै पछि छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नेपाल लगातार २ खेलमा जित हासिल गरेर ४ अंकसहित समूहमा शीर्ष स्थानमा छ ।

नेपालले लगातार २ खेलमा जित हासिल गरेर ४ अंक जोडेको छ । ओमान पनि चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

१६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। कुशल मल्लले ६५ र कुशल भूर्तेलले ४३ रन बनाए। आसिफ शेखले ३२ र रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १८ रनमा अविजित रहे ।

पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा १६५ रन बनाएको थियो।

मलेसियाका लागि सय्यद अजिजले सर्वाधिक ६८ रन बनाए । अविनाश बोहराले ४ विकेट लिए । यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलका नाममा १–१ विकेट गयो ।

विष्फोटक सुरुवात गरेको मलेसियालाई पछि नेपाली बलरले नियन्त्रणमा राखेका थिए । सेमिफाइनलअघि नेपालले समूह चरणमा ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार