Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकप छनोट : सिंगापुरमाथि नेपालको शानदार जीत



काठमाडौं : आइसीसी टि- २० विश्वकप एसिया छनोट अन्तर्गतको प्रतिस्पर्धामा नेपालले सानदार सुरुवात गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार भएकाे पहिलाे खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले छनाेट प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे।

सिंगापुरले दिएकाे १४६ रनकाे लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे।

नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनी ४८ बलमा ७४ रन बनाएर आउट भए।

त्यस्तै आशिफ शेख पनि २७ रन बनाएर आउट भए।

भने, ३५ रन बनाएका कप्तान राेहितकुमार पाैडेल र ६ रन बनाएका कुशल मल्ल अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे थियाे।

अब नेपालले मंगलबार (भाेलि) मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार