रतुवामाई : मोरङको रतुवामाई नगरपालिकामा भएको वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात परेको छ ।
सोमबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई २-० गोलले हराउँदै ६ नम्बरले उपाधि हात पारेको हो ।
उपाधिसँगै वडा नम्बर ६ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
नेपालीहरूको महान् चाड विजया दशमी र शुभ दीपावलीलाई लक्षित गर्दै रतुवामाई युनाइटेड क्लबले रतुवामाई-७ का मानबहादुर देवानका स्वर्गीय माता पञ्चमाया र पिता तिलक सिंह देवानको स्मृतिमा ‘प्रथम पञ्च तिलक स्मृति कप २०८०’ आयोजना भएको हो ।
प्रतियोगिता कार्तिक १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १० टिमको सहभागिता थियोे ।