Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईमा एमालेको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न



रतुवामाई : नेकपा एमाले रतुवामाई नगर कमिटीले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

शनिवार रतुवामाई ८ दाम्राभिट्टामा रहेको सामुदायिक भवनमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल प्रमुख अतिथि थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल विविधताले भरिपूर्ण भएको बताउँदै यस्ता खाले कार्यक्रमले सामाजिक सद्भाव कायम हुने विश्वास व्यक्त गरे ।

पोखरेलले भने, नेपाल विविधताको एकता भएको देश हो । हरेक पर्व सबै नेपालीको हो । दसैँ हिन्दुका लागि मात्रै होइन, समाजमा रहेका सबै जातजाति र धर्म मान्नेहरूको साझा चाड हो ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य डीबी कार्की, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य सुमन कालिकोटे, एमाले मोरङ जिल्ला सचिवालय सदस्य दुर्गा विष्ट, मेघराज कट्टेल, रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता चुँडाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार