विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-१० मा रहेको बुलेट गाइज क्लबले आयोजना गरेको मिनी म्याराथन २०८० उपाधि श्रीकास राईले जितेका छन् ।
शुक्रवार सोमबारे बजारमा सम्पन्न म्याराथन दौडमा खोटाङका राई प्रथम भएका हुन् । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थान हासिल गरेका सङ्खुवासभाका गोविन्द कार्की १० हजार र तेस्रो भएका सुनसरीका किरण लिम्बूले नगद ५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सयौँको सङ्ख्यामा स्थानीयको उपस्थिति रहेका थियो ।