Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रंगेली नगरपालिकाले सुकुम्वासी परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने



विराटनगर : मोरङको रंगेली नगरपालिकाले अति विपन्न तथा सुकुम्वासी परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले अति विपन्न र सुकुम्वासी परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।

रंगेलीभित्र करिब २ हजार सुकुम्वासीको बसोबास छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बज्रेश महेताका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड ६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि विभिन्न कार्यक्रम सुरु गरिरहेको छ ।

रंगलीमा ज्येष्ठ नागरिकहरूका लागि घरघरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण कार्य पनि भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार