विराटनगर : मंगलबारे फुटबल क्लब रतुवामाईमा जारी बडादसैँ कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको उद्घाटन खेलमा आयोजक सौँठा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा हराउँदै मंगलबारे सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मंगलबारेले आयोजकलाई ५-४ गोलले पराजित गर्यो ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ हात पार्नेछ ।