Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनुषामा दुर्घटना, एउटै मोटरसाइकलमा सवार ४ बालकको मृत्यु



धनुषा । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका हुन् । एउटै मोटरसाइकलमा पाँचै जना सवार रहेको घाइते यादवले जनाएको प्रवक्ता बस्नेतले बताए ।

ज।६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये चार जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार