Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको बरगाछीमा कन्टेनर दुर्घटना : कृष्णप्रसाद कोइरालाको सालिक ढल्यो



विराटनगर : विराटनगरको बरगाछीका कन्टेनरको ठक्करबाट कृष्णप्रसाद कोइरालाको सालिक ढलेको छ ।

बिहीबार राति करिब ८:३० बजे ना ३ ख ४५७९ नम्बरको कन्टेनरले ठक्कर दिँदा कोइरालाको सालिक ढलेको प्रत्यक्षदर्शी अनेरास्ववियु मोरङका सहसचिवसमेत रहेका नवीन पहाडीले जानकारी दिए ।

प्रहरीका अनुसार इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको कन्टेनरले बरगाछी चोकस्थित सडकको बिच भागमा रहेको सालिकलाई ठक्कर दिएको थियोे ।

दुर्घटना हुँदा ट्रक चालक गम्भीर घाइते भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । घाइते चालकको बरगाछीस्थित लाइफ गार्ड अस्पतालमा उपचार भइरहेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइते चालकको पहिचान खुल्न नसकेको डीएसपी दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार