Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दमकमा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या



विराटनगर : झापाको दमकमा धारिलो हतियार प्रयोग गरी एक युवाको बीभत्स हत्या भएको छ ।

शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको हो ।

रातभर दमक १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा उनीहरुबीच झगडा भएको थियो ।

सोही क्रममा इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार