विराटनगर : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-१ खिरौलेमा भालुको आक्रमणबाट एक
जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भालुको आक्रमणबाट सोही स्थानका ५५ वर्षीय पेम्बा अन्सु शेर्पाको मृत्यु भएको हो ।
शनिवार दिउँसो २ बजे घर छेउमा रहेको मकैबारी गएका उनलाई जंगली भालुले आक्रमण गरी घाईते बनाएको थीयो ।
भालुको आक्रमणबाट घाईते भएका उनलाई उपचारका लागि स्थानीयले तत्काल महाकुलुङ प्राथामिक अस्पताल बुङमा पुर्याएपनि चिकित्सकले शेर्पालाई मृत घोषित गरेका थिए ।