Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा भात पकाउने क्रममा जलेर एकजना महिलाको मृत्यु



विराटनगर : मोरङको ग्रामथानमा भात पकाउने क्रममा जलेर एकजना महिलाको मृत्यु भएको छ ।

शनिबार ग्रामथान गाउँपालिका-४ मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियन देवी माझीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार माझीको आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलेर मृत्यु भएको हो ।

जलेर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल लगेपनि अस्पताल पुर्याउनसाथ उनलाई डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार