विराटनगर : धरान उपमहानगरपालिकाक उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। बंगलबार साँझ धरान-१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहका ब्यक्ति प्रवेश गरी तोड्फोड गरेका हुन्।
तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। बेघाको कान्छा भाइ बिष्णु बेघालाई आक्रमण गर्न आएको समूहले उपमेयर बेघाको घर तोडफोड गरेको बताइएको छ।
प्रहरीका अनुसार विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।
घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए ।