Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेम्वाङको अन्त्येष्टि हुने दिन सार्वजनिक विदा दिने सरकारको निर्णय



विराटनगर : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

मंगलबार ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएपछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने निर्णय गरेको हो ।

बैठकले उनको अन्त्येष्टि हुने दिन सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ । छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार