Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा पूर्ववडा अध्यक्ष माओवादीमा प्रवेश



विराटनगर : उदयपुरमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी पूर्ववडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उदयपुरको ताप्ती गाउँपालिका वडा नम्बर-५ का पूर्व वडा अध्यक्ष फत्तबहादुर ठकुरी माओवादीमा प्रवेश गरेका हुन् ।

माओवादीले सुरु गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्त।ण अभियानका क्रममा उनी पार्टी प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएका ठकुरी ०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार थिए । तर, निर्वाचनमा उनी पराजित भएका थिए ।

उनलाई माओवादीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य गोपी अच्छामी, जिल्ला समिति अध्यक्ष दिवस कटुवाल, ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्मा र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई लगायतले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार