विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीतिप्रति जनतामा नैराश्यता छाएको बताएका छन् ।
नेपाली कांग्रेस मोरङले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैै कोइरालाले नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा छाएको बताए ।
कोइरालाले सत्तामा पुगेपछि जसरी पनि कमाउनुपर्छ भन्ने मानसिकता बढ्दै जाँदा समस्या आएको उल्लेख गरे । नेपालका सबै पार्टीका नेताहरुले पार्टीको सिद्धान्त र आदर्शभन्दा तल झरेर राजनीति गरिरहेको उनको भनाइ छ ।
राजनैतिक पेशा नभएर सेवा भएकाले देश र जनतालाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा उनले बताए । “राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ । पैसा कमाउने हो भने त अन्य पेशा व्यवसायी गर्दा भइगयो नि,” उनले भने, “पार्टीको सिद्धान्त, निष्ठा र आदर्शको राजनीति नगरेकै कारण भ्रष्टाचार र व्यतिथि बढ्दै गएको छ । पछिल्लो समय पनि भ्रष्टाचारका विभिन्न प्रकरणहरु आएका छन् ।”